भौगोलिक अवस्था

स्युबाहेूको मुख्य बसोबासको क्षेत्र नेपालको जनकपुर अन्चल रामेछाप जिल्‍लको बिभिन्‍न पाँच गाविसहरू नामडी, भुजी, रस्नसाल, दुरागाउँ र सैपुका गाउँहरू हुन । जहाँ समुन्द्री सतहबाट लगभग १८०० देखि ३००० मिटर सम्‍मको भुभागमा पर्दछ ।

शहरी क्षेत्र तथा गाडीको सुविधा भएको ठाउँ सम्‍म पुग्न (४-५) घण्टा पैदल यात्रा गर्नुपर्छ  कुनै गाउँको लागि चाहिँ (२-३) घण्टा हिँडेर पुग्छ जहाँ अति आवश्यक सामानहरू पाईन्छ । स्युबा बस्तीमा हाल सम्‍म प्राथमिक बिध्यालय मात्र छ त्यहि बिध्यालय पुग्न पनि गाउँबाट हिँडेर जादा ३० मिनेट देखि १ घण्टा सम्‍म हिँड्नु पर्छ । विकट क्षेत्र भएकोले गाउँ घर टाढा टाढा छ । बिध्यालय पनि नजिक छैन । माध्यमिक बिध्यलय पुग्नको लागि (३-४) घण्टा हिँडेर जानु पर्छ अथवा कुनै कुनै त कोठा नै लिएर बस्नु पर्छ । त्यसैले स्युबाहरूले कम मात्रमा उच्‍च शिक्षा हाँसिल गरेको पाईन्छ ।

प्रायः स्युबाको बस्ती रहेको क्षेत्रमा  अरू जातिको बसोबास छैन । आफ्नै जातको गाउँ भएको करणले समूदायमा हुँदा आफ्नै भाषाको प्रयोग गर्दछ । स्युबाहरू आवत जावतको लागि पहिले-पहिले घोडाको प्रयोग गर्दथ्यो । तर हाल घोडाको प्रयोग लोप भइसकेको अवस्था छ । त्यसैले हिँडेडुल पैदलको यात्रा गर्नु पर्छ । सामनहरू ढुवानी गर्दा मानिसले बोक्नु पर्ने बाध्यता रहेको छ ।

              अहिले नेपालको अरू भुभागहरूमा पनि बसोबास गरको अनुमान गर्न सकिन्छ । लम्जुङ, गोर्खा जस्ता विभिन्‍न जिल्‍लाहरूमा र सिन्धुपालचोक जिल्‍लाको तातोपानी तथा काठमाण्डौमा पनि रहेको छ ।साथै भारतको सिक्‍किम, दार्जिलिङ र कालेबुङमा पनि यहाँबाट बसाई सरी गएको र बसोबास गरेको भन्‍ने पाइन्छ ।