इतिहास

सबै भन्‍दा पहिले नेपालमा नेपाली कागज बनाउने जातिको रूपमा परिचित रहेकोले "कागते" स्युबा थर रहेको भन्‍ने भनाई पाइन्छ । जसमा "सिगुउ"(स्युबा भाषामा) भन्‍ने पोथ्रा जातको वनस्पतिबाट बनाएको र कागजलाई स्युबा भाषामा "सिउ" भन्‍नले आफ्नै भाषामा "स्युबा" रहन गएको हो । स्युबाहरू पनि भोट, वेर्मेली, टिबिटेन भित्र नै पर्दछ । स्युबा समुदायमा शिक्षित व्याक्तिहरू कम रहेको कारणले गी जातिको पहिचान तथा विकास हुन सकेको पाइदैन । स्युबा जातिको इतिहास हालसम्‍म पनि मौखिक रूपमा रुपमा जिवित नै रहेको पाईन्छ । स्युबाहरू सबै भन्दा पहिले सिन्धुपाल्चोकको लेगो भन्‍ने ठाउँबाट पावाघ्याङ भन्‍ने ठाउँ हुँदै रामेछाप जिल्‍लाको विभिन्‍न गाविसहरूमा पुगेको भनाइहरू अहिले पनि स्युबा बुढापाकाहरूले भन्‍ने गरेको पाईन्छ । विशेष गरी कागते / स्युबा भन्दा अरू जातिको समुदायले कागज जस्तै विलिएर जाने, नष्ट हुन समय नलाग्ने कागज जस्तै कमजोरी जात भनेर हेला गर्ने र आफ्नो धेरै जनसङ्ख्या नभएकोले कतिपय कागते/स्युबाहरूले आफ्नो वास्तविक पहिचान/परिचय लुकाउने गरेकोले विभिन्‍न भुभागमा बस्दै आएको स्युबाहरूको पहिचान लोप हुँदै गएको पाईन्छ । यसै क्रममा कतिपय स्युबाहरुले लम्जुङ, गोर्खा जस्ता विभिन्‍न जिल्‍लाहरूमा गुरुङ, घले, तामाङ, केसी, ह्योल्मो जस्ता जातिनाम वरण गरेर बस्दै आएको पाइन्छ ।