संस्कृति

यस स्युबा समाजमा लगभग महिला र पुरूषको समान हैसियत हुन्छ । कुनै परिवार महिलाको नेतृत्वमा चल्दछ भने कुनै परिवारमा पुरूषले पनि नेतृत्व गरेको पाईन्छ । त्यसकारण महिला र पुरूषको त्यति भेदभाव हुँदैन । स्युबाहरू आफ्नो नाममा भएको जमिन जग्‍गा आफ्नो छोरा नातिलाई नामसारी गरेर दिन्छ तर छोरीहरुलाई जग्गा जमिन प्राय दिँदैनन् । स्युबा समाजमा दाजुभाई वंशको सबै भन्दा जेठा पाको मानिसलाई चाडवाडहरू मान सम्‍मान गर्ने चलन छ । केहि खानेकुरा जस्तै जाँड, रक्सी, मासु ईत्यादि लिएर भेट्न जान्छन ।

गाउँमा समाजको विकास तथा नेतृत्व गर्न जो कोहि माहिला पुरूष त्यो गाउँको नेता बन्‍न सक्छन तर सक्षम भएमा नेतृत्वको लागि मरिहत्ते गर्दैनन् । धार्मिक कार्यको निम्‍ति बौव्द मार्गीहरूले लामालाई उच्‍च धर्मगुरूको रूपमा ठान्दछन र जस मध्ये लामाहरूको पनि नेता चाहिँ टिका लामा भन्‍ने पद हुन्छ । उसलाई हरेक वर्ष मुख्य चाडवाडहरूमा मान्‍न केहि खाने कुराहरू लिएर भेट गर्न जाने चलन छ ।

गाउँमा निर्णय लिदा गाउँको मुख्य व्याक्तिहरू महिला पुरूष सबै मुख्य व्याक्तिहरूको सल्‍लाह अनुसार निर्णय गर्ने चलन छ । गाउँमा कुनै विकासको कार्यक्रम सञ्चालन हुदा बाहिरबाट आएको पहुना वा व्यक्ति महिला पुरूष दुबैलाई बस्न खानाको लागि स्युबा संस्कृति अनुसार राम्रो व्यवस्था रहेको छ । किनकि घरहरू ठूला ठुला हुन्छन । त्यति मात्र नभएर कुनैको त झन २/३ वटा सम्‍म पनि हुन्छन । स्युबा समुदायमा आवश्यक पर्दा गाउँमा सहयोग सदभाव गरिदिने चलन पनि पाईन्छ । समाजिक कामहरू बाटो घाटोहरू सरसफाई जस्ता विभिन्‍न कार्यहरू श्रमदानमा गरिन्छ । गाउँमा कोहि बिरामी भएमा बोकेर अस्पताल पुर्‍याउन सितैमा गरी दिने चलन रहेको छ । कुनै व्यक्तिले सकेको अवस्थामा आर्थिक सहयोग पनि गर्छन ।

बाहिरी जातिहरूसँग पनि स्युबाहरू राम्रो र भलाकुसारी सम्‍बन्ध राख्दछ, आवशलयक परेको खण्डमा सहयोग सदभाव आदन प्रदान हुन्छ । स्युबा समुदायमा कसैलाई कारवाही गर्नु परेमा वहुमतिय प्रणालीबाट गर्ने चलन छ । घोषणा चाँहि गाउँका मुख्य व्यक्तिले गर्ने चलन छ ।

 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.